बागलुङको माझखर्कमा मगर दिवस मनाइँदै, भलिबलको उपाधि राशी ५० हजार

बाग्लुङ | फागुन १०, २०८१

बागलुङको माझखर्कमा मगर दिवस मनाइँदै, भलिबलको उपाधि राशी ५० हजार तस्बिर फाइल

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवस मनाइने भएको छ । मगर सेवा समाज माझखर्कको आयोजनामा विविध कार्यक्रम गरेर मगर स्थापना दिवस मनाउन लागेको हो । 


मगर सेवा समाज माझखर्कका अध्यक्ष बाबुराम नाइसा मगरले ४३ औं मगर स्थापना दिवसको अवसरमा फागुन ११ देखि १५ गतेसम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए । 


उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, तृतीय हुने समूहले १४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमका लागि ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । 


यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछने । खुल्ला धनुषवाण प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । 


यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुनेले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा एक जनाले मात्र सहभागिता जनाउन पाउनेछन् । 


यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । 


पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रका नयाँ संरचना अनुसार वडास्तरीय हुने प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भन्दा बाहिरका टिम सहभागि हुन नपाउने आयोजकले जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्